१६ बर्ष मूनिका दर्शकले ‘शकुन्तला’ हेर्दा अभिभावक चाहिने



shakuntala-PG

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शकुन्तला’ले PG प्रमाणपत्र पाएको छ । चलचित्रमा केहि एक्शन दृश्य भएका कारण चलचित्रले १६ बर्ष मूनिका दर्शकले अभिभावकसँग बसेर मात्र हेर्न पाउने PG प्रमाणपत्र पाएको हो ।

दिनेश श्रेष्ठ निर्देशित ‘शकुन्तला’मा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ ।

सस्पेन्स कथाबस्तु भएको यो चलचित्र श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको हो । यस चलचित्रमा अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ । यो चलचित्र राजधानी बाहिर भने भाद्र ९ गते बिहिवार नै रिलीज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu