ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘रेशम फिलीली’ चलचित्रको ‘पारी त्यो डाँडामा …’ रिलीजपछि नेपाली चलचित्र संगीत उथलपुथल भएको थियो । परम्परागत गीत भन्दा अलिक पर रहेको उक्त गीतले संगीतकार कालिप्रसाद बास्कोटाको चिनारी दियो । एउटा गीत चलेपछि त्यसैको शैली पछ्याउँदै अन्य चलचित्रका गीत पनि परम्पराभन्दा फरक सुनिन थाले ।
त्यसैको फलस्वरुप निखिल उप्रेती स्टारर ‘किङ्’को एक गीत सार्वजनिक भएको छ । लिरिकल अडियो मात्र सार्वजनिक ‘भ्रूम भ्रूम’ बोलको गीतमा सुजेन्द्र डि कार्की र विनोद ढकालका शब्द छन् भने संगीत पनि सुजेन्द्रले नै भरेका छन् । बिनोदले गीतमा स्वर दिएका छन् । गीत नेपाली र अंग्रेजी शब्दहरु मिश्रण गरिएको छ । यो गीतमा केहि पुराना चर्चामा रहेका नेपाली गीतका अंशहरु पनि ओरिजिनल संगीत सहित सुन्न सकिन्छ ।
जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको ‘किङ’लाई शबिर श्रेष्ठले निर्देशन गरेका हुन् । निखिलका अलावा अनुपविक्रम शाही, वेनिशा हमाल, प्रज्वल सुजल गिरी, रुपा राना, जगन श्रेष्ठको अभिनय छ ।
जयन श्रेष्ठ निर्माता रहेको यो चलचित्र असोज २१ रिलिज हुनेछ ।
सुन्नुहोस् ‘भ्रूम भ्रूम’: