सामान्यबाट कर्लगर्लको सविस्तार ‘जुनकिरी’



junkiri

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नानी थापाद्वारा लिखित, निर्देशित र अभिनित नाटक ‘जुनकिरी’ सर्वनाम थिएटरमा चलिरहेको छ । भदौ ११ सम्म चल्ने करिब सवा १ घण्टा अवधिको यो एकल नाटकमा दर्शकलाइ नृत्य, गीत, कविता लगायत अभिनयका विभिन्न आयामहरुद्वारा चरित्रले बाँध्ने कोशिश गरिएको छ ।

जूनकिरीमा पात्र स्वयम् धर्ती कि जूनकिरी र आकाशकी जून जो दुवै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन्, उनिहरुबीचका यहि समानताहरु र केही भिन्नताहरुलाइ सम्बन्धित गराईएको छ । नाटकाम एउटी सामान्य गाउँकी युवती कसरी ब्यावसायिक हाइ प्रोफाइल कल गर्लको रुपमा स्थापित हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसँग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि सँगसँगै बुनिएको छ ।

एक आँटिली र बिद्रोही स्वभावकी जूनकिरी नाटकभित्र विश्व समुदायलाईनै चुनौती दिन पछि हटेकी छैन भने कथाभित्र आफुले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्त उदार समर्पणको भाव देखिन्छ ।

साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गित, नृत्य, गजल, कविता लगायत हाँसो, रोदन, मिलन, बिछोड, क्रोध, श्रृंगार, भयानक आदि सकेसम्म अभिनयका नवरस मार्फत जूनकिरी प्रस्तुत हुने प्रयत्नमा छे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu