ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस अघि मारुनि गीत रिलिज गरेको चलचित्र ‘राधा’ टीमले यस पटक पनि पूर्वेली फ्लेवरमा अर्को गीत सार्वजनिक गरेको छ । जीवन लुईँटेल र सञ्चिता लुईँटेल स्टारर गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ भने प्रल्हाद तिम्लिसना र मिलन अमात्यको स्वर रहेको छ ।
‘आँखैलाई के दोष’ बोलको यस गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । योगेश घिमिरे निर्देशित यो चलचित्र आउँदो तिहारमा रिलिज हुनेछ । गीतका दृश्यहरु भारतको दार्जेलिङ स्थित विभिन्न क्षेत्रमा कैद गरिएका छन् ।
गीत हेर्नुहोस्: