रंगशालामा निषेध शाहरुख भन्छन्, ‘सचिनको अन्तिम म्याच जसरी पनि हेर्छु’



shaharukh-sachinठुलोपर्दा डटकम। बलिउड सुपरस्टार शाहरुख खानका लाखौ फ्यान छन् जो उनी र उनका चलचित्रका लागी मरिहत्ते गर्छन । त्यही शाहरुख भने क्रिकेटका स्टार सचिन तेन्डुलकरका निकै ठूला फ्यान हुन् । त्यसैले होला शाहरुखले भारतीय संचारमाध्यमसंग सन्यास दिने निर्णय गरेका सचिनको अन्तिम म्याच अर्थोत दोश्रो टेष्ट विनिङ जसरी भएपनि हेर्ने बताएका छन् ।

ग्राउन्ड स्टाफमाथी हात लगाएपछि मुम्बईको वांखेद स्टेडियममा प्रवेश गर्न रोक लागेपछि उनी सचिनको कोलकत्तास्थित इडन गार्डेनमा हुने खेलमा भाग लिने तयारीमा रहेको बताएका हुन् । ‘म नोभेम्बर १० मा कोलकत्तामा हुन लागेको चलचित्र महोत्सवमा भाग लिन गइरहेको छु । त्यसैले त्यँहा जाँदा सचिनको खेल हेर्ने प्रयास गर्ने छु । उनलाई अग्रिम जितको शुभकामना पनि । ’ , शाहरुखले संचारकर्मीसंग भने ।

यसअघि शाहरुखले सचिनको सन्यास दिने खबरले आफुलाई दुखि बनाएको बताएका थिए । ‘ म अष्ट्रेलियामा हुँदा यो खबर सुने र दुख पनि लाग्यो तर खेललाई राम्ररी बुझेकै कारणले उनले यो निर्णय गरेको होलान् भन्ने मलाई लागेको छ । सचिनले क्रिकेटको क्षेत्रमा धरै ठुलो योगदान पुर्‍याएका छन् । अब उनले परिवारसंक्ष् आराम, मोज र मनोरंजन गर्नुपर्छ । …’ , उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu