अस्कर अवार्ड २०१७ को लागि नेपालबाट ‘कालो पोथी’



KAlo-Pothi-Oscar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मिन भाम निर्देशित चलचित्र कालोपोथीले २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा सहभागिता जनाउने भएको छ ।

विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नको लागि अस्कर अवार्डमा नेपालका लागि चलचित्र छनौट समितीमा तीन चलचित्र “को आफ्नो”, “कालो पोथी”, तथा “पशुपति प्रसाद” दर्ता हुन आएका थिए ।

नेपालको लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले ‘कालो पोथी’लाई छनौट गरेको हो । समितीले एकेडेमी अवार्डको लागि दर्ता हुन आएका तीनवटै चलचित्रको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरि ‘कालो पोथी’ छनौट गरेको हो ।

कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर तयार पारिएको ‘कालो पोथी’मा सन् २००१ मा तत्कालिन नेकपा माओवादीले शुरु गरेको जनयुद्दमा कर्णालीको एउटा क्षेत्रलाई पारेको प्रभावमा आधारित छ ।

डेढ घन्टा लामो ‘कालो पोथी’ नेपाल भित्रकै मौलिक शैलीमा बुनिएको चलचित्र हो जसमा दुई पात्र किरण(शुक्रराज रोकाया) र प्रकाश(खड्गराज नेपाली)को कथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu