चीनमा हुने निर्देशकहरुको सेमिनारमा निरक पौडेल सहभागि हुँदै



Nirak-poudel

ठूलोपर्दा डटकम, काठमाण्डौ।
चीन सरकारको निमन्त्रणामा नेपाली निर्देशक निरक पौडेल चीन पुगेका छन् । चीनको राजधानी बेइनिजङमा हुन लागेको निर्देशकहरुको सेमिनारमा सहभागी हुन पौडेल त्यसतर्फ गएका हुन् ।

मिनिष्ट्री अफ कमर्श रिपव्लिक अफ चाइनाको आर्थिक सहयोगमा स्टेट एड्मिनेष्टेशन अफ प्रेसको आयोजनामा हुन लागेको सेमिनार फर डिरेक्टरमा नेपालको तर्फबाट निरकको उपस्थिति रहने भएको छ । उक्त सेमिनारमा चीन, केन्या, श्रीलंका, नेपाल लगायतका २० देशका निर्देशकहरु सहभागी हुनेछन् । उक्त सेमिनारमा नेपालको सहभागीता यो नै पहिलो पटक हो ।

सेप्टेम्बर ७ बाट शुरु हुने सेमिनारमा चलचित्रका बिभिन्न पक्षहरु बीच सहभागीहरुले छलफल गर्नेछन् । सेमिनारमा इन्टरनेशनल मिडिया वर्कशप, प्रोड्युसर अफ डकुमेन्ट्री एण्ड क्रस कल्चर कम्युनिकेशन, मल्टीनेशनल को-अपरेशन, मल्टिमिडिया इन्ट्रीग्रेसन एण्ड कोलाब्रेसन इन फिल्म इण्डष्ट्री लगायत का शिर्षकहरु २० देशका निर्देशकहरु बिच छलफल हुनेछ ।

साथै ११ सेप्टेम्बर बाट १५ सेप्टेम्बर सम्म पौडेलले चीनमा आयोजना गरिएको इन्टरनेशनल गोल्ड पाण्डा अवार्ड २०१६ मा पनि सहभागीता जनाउनेछन् ।

यस सेमिनारमार्फत नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भुमिका खेल्ने निरकको भनाई छ । उनले नेपाली चलचित्रलाई अन्य देशमा पुर्‍याउनको लागि सेमिनारमा सहभागी निर्देशकहरुसाग समेत छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu