छोराको अवार्ड लिँदा रोए भुवन (भिडियो)



bhuwan-kc-cry-thuloparda

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बुधवार साँझ सिनेमा सर्कलले आयोजना गरेको ‘एलजी फिल्म अवार्ड’मा नायक अनमोल केसीलाई ‘पपुलर एक्टर अफ द इयर’को अवार्ड दिइएको थियो । आफुले अवार्ड पाएपनि लिन भने अनमोल कार्यक्रम स्थलमा पुगेका थिएनन् ।

छोराको अवार्ड लिन स्टेज चढेका अभिनेता भुवन केसी आँशु झार्दै अवार्ड लिए । केहि समय अघि भुवनको चलचित्र ‘ड्रिम्स’ चल्ने दिन नै अवार्ड आयोजक दिनेस डिसीको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलीज भएको थियो । त्यो समयमा केसी र डिसीको शीतयुद्द चलेको थियो ।

त्यो समयमा एकले अर्कोलाई बिभिन्न आरोप समेत लगाउन पछि परेका थिएनन् । तर, तिनै दिनेश डिसीले आयोजना गरेको पहिलो अवार्डमा नै अनमोललाई पपुलर एक्टरमा अवार्ड दिईएपछि सायद भुवनको मन नथामिएको हुनसक्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu