‘गोरेटो अनि उस्तै छ गल्ली… ‘का गायक बर्देवा रहेनन्



sunil-bardewa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित गायक तथा संगीतकार गायक सुनील बर्देवाको निधन भएको छ । बर्देवाको मंगलबार राती शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषका अनुसार बर्देवा कलेजोमा समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उनि कुसल गिटारिष्ट, संगीतकार, गायक र एरेन्जर थिए । उनका ‘गोरेटो अनि उस्तै छ गल्ली… ‘ लागायतका गीत चर्चित थिए ।

उनले ‘बेस्ट अफ सुनील बर्देवा’ ‘जब म’, ‘मेरो गितार’ लगायतका गीति एल्बम निकालेका थिए ।

हेर्नुहोस् बर्देवाले गाएको गोरेटो अनि उस्तै छ गल्ली …

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu