रणवीर-दीपिकाको फिल्म शुरु नहुँदै विरोध



ranveer-and-deepika-padmawati

संजय लीला भंसालीको फिल्म ‘पद्मावती’को शूटिंग शुरू समेत भएको छैन तर यसको विरोध शुरू भईसकेको छ । फिल्ममा दीपिका पादुकोण चित्तौडका राजा रतनसेनकी पत्नी रानी पद्मिनी (पद्मावती)को भूमिका निभाउँदैछिन् ।

फिल्ममा दीपिकाका पतिको भूमिकामा शाहिद कपूर नजर आउनेछन् । फिल्ममा रणवीर सिंहलाई अलाऊद्दीन खिलजीको भूमिकामा पाईनेछ । यसस फिल्मको विरोध गुजरातमा हार्दिक पटेलको अगुआई वाला पाटी नवनिर्माण सेनाले गरेको छ । राजस्थानमा नै राजपूत करणी सेना यस फिल्मको विरोधमा छ ।

हार्दिक पटेलले फिल्मका निर्देशक संजय लीला भंसालीलाई चिट्ठी लेखेर चेतावनी दिएका छन् कि फिल्ममा तथ्यसँग खेलवाड कुनै हालतमा सहनयोग्य हुनेछैन । हार्दिक पटेल भनेका छन् कि जब सम्म भंसालीले लिखितमा आश्वासन दिँदैनन् तब सम्म यसस फिल्मको शूटिंग गुजरातमा हुन दिँदैनौ । त्यहिँ राजपूत करणीका सेनाले समेत राजस्थानमा फिल्मको शूटिंग हुन नदिने अड्डी लिएका छन् ।

हार्दिकले भंसालीलाई लेखेको चिट्ठीमा फिल्ममा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर रिलीज गरियो भने करोडौँ मानिसको भावनामाथी ठेस पुग्ने बताईएको छ ।

यसअघि संजय लीला भंसालीको फिल्म ‘बाजीराव मस्तानी’मा पनि ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप लागेर विरोध समेत सहनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu