बलीउडकी हट उर्वसीले काठमाण्डौ तताउने



urbashi-rautela

ठूलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडमा सँधै चर्चामा रहने हट अभिनेत्री उर्वसी रौतेला काठमाण्डौ झर्दैछिन् । युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनि दुई दिनको लागि असोज १४ गते नेपाल आउनेछिन् ।

युहान इन्टरनेशनल इभेन्टसले सोही दिन साँझ ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन-२’ आयोजना गर्दैछ । राजधानीको आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य र्‍याम्पमा उर्वसीले क्याटवाक गर्नेछिन् । उनि ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन-२’ मा मूख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् ।

बलीउडको सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, दक्षिण भारतको मिस्टर इराबाटा जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन् । बलीउड र्‍यापर हनी सिंहको लभ डोज…र गल बन्गई…जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्वसी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन् ।

गत वर्ष मोडल क्वेस्ट इन्टरनेशलन नेपालको पहिलो सिजनमा युहानले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu