
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालभाषाको एचलचित्र “तंकाली” (रिसाहा)को मुहूर्त कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले नेवार चलचित्रकर्मिहरुलाई एकबद्द हुन आग्रह गरेका छन् ।
राईले अहिले दुईवटा औपचारीक मान्यता प्राप्त र केही अनौपचारीक रुपमा रहेका नेवार चलचित्रकर्मिहरुका संगठनहरुलाई एकबद्द भई एउटै संगठनको रुपमा अधि बढ्न सकेमा नेपालभाषाको चलचित्रको विकास द्रुत गतिमा हुने कुरामा जोड दिएका छन् । बज्र क्रियशनले निर्माण गर्न लागेको “तंकाली” चलचित्रमा सुरेश महर्जन र सलोना बज्राचार्य नायक नायिका रहनेछ भने अन्य प्रमुख भुमिकाहरुमा गौतम रत्न तुलाधर, गोपालकाजी कायस्थ, सुरेन्द्र तुलाधर, मञ्जु श्रेष्ठ, रजनी खड्गी लगायतका कलाकारहरुको अभिनय हेर्न पाइनेछ ।
मुहूर्त कार्यक्रममा प्रमुख अतिथी राजकुमार राईले क्ल्याप दिएका थिए भने पत्रकार विजयरत्न तुलाधरले क्यामेराको स्वीच अन गरेका थिए । यस्तै गरी नेपालभाषा संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले मुहूर्त शटको निर्देशन गरेको यस कार्यक्रममा वितरक, प्रदर्शक एवं निर्माता गोपालकाजी कायस्थले शुभ साइतको नरिवल फोडेका थिए ।




