ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय चलचित्र नगरीमा हल्ला छ कि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले बिवाह गर्दैछन् । जब-जब आफ्नो चलचित्र रिलिजको बेला हुन्छ निर्माता ओझासँग जोडिने यस्ता हल्लाहरु सामान्य हुन् ।
नायिका रेखा थापासँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै रहेका छविले बिवाह गर्दैछन् । जसको लागो उनले पहिलो प्रस्ताव शिल्पालाई राख्दैछन् । शिल्पाले भने आफ्ना आमा-बुबालाई बिस्वस्त पार्न सके आफु राजी रहेको बताएकी छिन् ।
‘किस्मत २’ बाट चलचित्रमा डेब्यू गरेका पृथ्वीराज प्रसाईँले पनि यि हल्लाहरु सुने । त्यसपछि उनले छविलाई सोधे, ‘बा कुरा के हो ?, छविले उत्तर फर्काए ‘जे सुनेको त्यहि हो’ ।
हेर्नुहोस् शिल्पा र पृथ्वीसँगको रमाईलो कुराकानी: