‘पशुपती प्रसाद’ बनेका खगेन्द्र अब ‘धनपति’ बन्ने



dhanapati-1st-look

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’का अभिनेता खगेन्द्र लामिछानेको नयाँ चलचित्र घोषणा भएको छ । टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्शनले संयूक्त रुपमा चलचित्र ‘धनपति’ बनाउने भएका छन् ।

एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले चलचित्रको आधिकारिक घोषणा गरेको हो । बताईए अनुसार ‘सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ?’ भन्ने मूल मुद्दामा यो चलचित्र घुम्नेछ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘धनपति’को कथा/पटकथा/संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् । रोजिना सिटौला निर्माता रहेको चलचित्र धनपतीमा सह-निर्माता रजना नापित र समीर देवकोटा छन् । साथै सहायक निर्माता ओम गुरुङ छन् ।

खगेन्द्र लामिछानेकै मुख्य भुमिका रहने यो चलचित्रमा बाँकी कलाकारको छनौट सुरु भएको छ । चलचित्रको सुटिङ आउँदो माघमा हुनेछ भने २०७४ मा प्रदर्शनीमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu