‘घामपानी’ पनि नयाँ बर्षमा लाग्ने



dayahang-rai-anf-keki-adhikari-ghampani

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘घामपानी’ पनि नयाँ बर्ष २०७४ मा रिलीज हुने भएको छ । यसअघि दुई चलचित्र ‘लभ लभ लभ’ र ‘राधे’ ले बैशाख १ लाई प्रदर्शन मिति तोकिसकेका छन् ।

‘घामपानी’का प्रमूख कलाकार दयाहाङ् राईको जन्मदिन बैशाख १ मा नै रहेकोले चलचित्रको रिलीज मिति त्यहि दिनलाई तोकिएको निर्देशक दिपेन्द्र लामाले बताएका छन् । हाल यो चलचित्रको छायांकन सिन्धुलीमा भईरहेको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि प्रमूख अभिनय छ ।

दया र केकीको साथमा सिल्सा जिरेल, बुद्दि तामाङ्, अरुणा कार्की लगायतको अभिनय छ । यो चलचित्रले दुई फरक सँस्कृति भएका समुदायबीचका युवा-युवतीको प्रेम र त्यसबाट उब्जने संघर्षहरुलाई प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu