अहिले सम्म तपाईँले प्राय:जसो हलीउड स्टार जेम्स बोन्डको हातमा बन्दुक, ग्याजेट्स, इत्यादी देख्दै आउनु भएको थियो, अब भने उनको हातमा पान मसला पनि देखिएको छ ।
अहिले टेलिभिजनहरु, पत्रपत्रिका तथा अनलाइनहरुमा जेम्सको हातमा पान मसाला आईरहेको छ । हलीउड स्टार पियर्स ब्रोसननले जेम्स बोन्डको अवतारमा पान मसालाको विज्ञापनमा अभिनय गरेका छन् । पान मसाला भारतको चर्चित ब्राण्ड हो ।
हेर्नुहोस् भिडियो विज्ञापन: