सय बर्ष अगाडीको संरचनामा ‘पुरानो पुस्ता’



purano-pusta-release-date

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक सय वर्ष पहिलाका पुस्ताको कथा र संरचनालाई प्रस्तुत गरिएको नेपाली चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनका लागि तयार भएको छ ।

फ्लोरिना फिल्मस् प्रा.लि.को प्रस्तुतिमा तयार फिल्ममा दीप सागरको निर्देशन छ । यो फिल्म मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

फिल्ममा रोल्पा र प्युठानका दृश्य छन् । शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् ।

सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । ‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ’, निर्देशक दीपले भने, ‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपर्थ्यो भन्ने कुरा फिल्ममा देखाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu