हजार रुपैयाँको फोटो समाउँदा लाख पाईने (तरिका सहित)



jatra-nepali-film-offer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक २६ गते रिलीज हुने नेपाली चलचित्र ‘जात्रा’ले प्रमोशनको अनौठो तरिका निकालेको छ । यो चलचित्रले ‘हजार समाऔँ, लाख कमाऔँ’ भन्ने अफर ल्याएको छ, जसमा तपाईँले लाख रुपैयाँ जित्नुका साथै कलाकारहरुसँग डेट जान समेत पाउनुहुनेछ ।

कसरी सहभागि हुने ?
यो चलचित्रको फेसबुक पेज लाईक गर्नुपर्नेछ । पेजमा एउटा GIF फोटो दिईएको छ, जसमा केहि फोटो र पैसाहरु आईरहेका छन् । यो फोटोबाट १००० को नोटको स्क्रिनसट लिनुपर्नेछ । स्क्रिनसटलाई GIF फोटोको तल कमेण्टमा पोस्ट गर्नुपर्नेछ र उक्त GIF फोटो तपाईँको आफ्नो फेसबुकमा शेयर पनि गर्नुपर्नेछ ।

jatra-offer

विजेताले के-के पाईन्छ ?
यसरी हजार समाउने मध्येबाट लक्की ड्र मार्फत हप्ताको एकजनालाई चलचित्रका कलाकारसँग डेटिङ् जाने व्यबस्था छ । जसमा पहिलो हप्ता बर्षा राउत, दोश्रो हप्ता प्रेक्षा बज्राचार्य र तेश्रो हप्तामा बिपिन कार्की र रविन्द्र सिंह बानियाँसँग डेट जान पाईनेछ ।

साथै, कार्तिक २४ गते हुने प्रिमियरमा पाँच जना भाग्यशाली विजेतालाई बम्पर उपहार दिईनेछ । जसमा एकजनालाई स्मार्टफोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहा घुम्ने अवसर दिईनेछ । भ्रमणमा दुई रात र तीन दिनको व्यबस्था हुनेछ ।

एक जनालाई कलाकार बिपिन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनिक स्कूटर दिईनेछ भने अन्य पाँच जनालाई प्रिमियरको टिकट दिईनेछ ।

Jatra Facebook Pagehttps://www.facebook.com/JatraTheFilm

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu