धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै



iffon

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अखिल नेपाल चलचित्रकर्मी संघले धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आगामी पौष २७ देखि माघ २ सम्म हुने महोत्सवमा सहभागिता जनाउन संघले संसारभरीका चलचित्रकर्मीहरुलाई आवेदन खुल्ला गरेको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न अवार्डहरु वितरण गरिने छ । अन्तर्राष्ट्रिय अवार्डहरुमा वेस्ट फिचर फिल्मका लागि एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, बेस्ट डकुमेन्ट्रीका लागि ५० हजार राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र वेस्ट शर्ट फिल्मका लागि ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन् ।

त्यस्तै, राष्ट्रिय अवार्डहरुमा ५० हजार राशीको श्रीजंग अवार्ड, ३० हजार राशीको रामप्रसाद राई अवार्ड र २० हजार राशीको चतुरमान राजवंशी अवार्ड वितरण गरिने बताइएको छ ।

पचास वर्ष बितिसकेको नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता भन्ने अझै प्रष्ट नभएको र मौलिकताको खोजी गर्ने सन्दर्भमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संघले अपेक्षा राखेको बताएको छ ।

संघले मंसिर १० गतेसम्मका लागि आवेदन खुला गरेको छ । संसारका जुनसुकै स्थानबाट अनलाइनमार्फत आवेदन दिन सकिने छ ।

फिल्म सबमिट लिंक-  http://www.iffon.com.np/submit-film/

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu