ठमेल बजारमा उध्रेको चोलीको गन्ध (भिडियो)



dayahang-rai-and-alisha-rai-loot-2-song-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ब्लकबस्टर चलचित्र ‘लुट’को सीक्वल ‘लुट २’को आइटम गीत सार्वजनिक भएको छ । ‘ठमेल बजार’ बोलको गीतमा मोडल एलिशा राईलाई उतारिएको छ । चलचित्र वृत्तमा राम्रै

चर्चामा रहेको यो चलचित्रको टीजर आएसँगै दर्शकका प्रतिक्षाको वेग चलेको थियो ।

अब ‘लुट २’को आइटम गीत आएको छ । ‘लुट’मा जसरी नै निर्देशक निश्चल बस्नेतले आइटमको फर्मूला प्रयोग गरेका छन् । उनले लुट बनाउने समयमा यसको असर कस्तो हुन्छ बुझेका थिएनन्, उनले बुझेका थिए त केवल नयाँ प्रयोगले दर्शकको मन जित्न सकिन्छ । त्यसकारण पनि उनले परम्परागत शैलीका चलचित्रमा जसरी नै अलिक फरक शैलीको लुटमा पनि आइटम गीत ‘उध्रेको चोली’ राखेका थिए ।

सुस्मा कार्कीले चोली उधारेपछि चलेको चर्चाले त्यो ताका ठुलै तहल्का पिटेको थियो । अहिले निश्चलले दोश्रो लुटमा एलिशा राईको जवानी देखाएका छन् । पहिले त उनले आफ्ना कलाकारलाई मात्र नचाएका थिए, तर अहिले उनि आँफै स्टेज चढेका छन् । निर्देशक भईकन कुनै नृत्यकारले भन्दा कम स्टेप दिएका छैनन् ।

alisha-rai-and-nischal-basnet-loot-2-song-2

धेरै कलाकार उनै भएर होला कता-कता ‘उध्रेको चोली’कै गन्ध आईरहेको छ ‘ठमेल बजार’मा । सुस्माले जसरी जवानी देखाएकी थिइन् त्यो भन्दा बढि एलिशाले देखाएकी छिन् । यो गीतमा सौगात मल्ल भने देखिएका छैनन् । दयाहाङ् राई पुरानै शैलीमा प्रस्तुत छन् । यसबाट यो अनुमान गर्न सकिन्छ कि ‘लुट’कै कथाबाट अगाडी बढेको छ ‘लुट २’ ।

यो गीतमा यसअघि ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिकाले चर्चामा रहिरहेका बिपिन कार्की अलग लुक्समा देखिएका छन् । विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका छन् ।

एकतारे र काली प्रसाद बास्कोटाले लेखेका यि ठेट नेपाली शब्दहरुमा काली आँफैले संगीत दिएका छन् भने स्वरमा कालीलाई मीना निरौला र भानुभक्त ढकालले साथ दिएका छन् । ‘रेशम फिलिली’को ‘पिरतीको छाता’ गीतमा संगीत भरेदेखी यता काली फरक शैलीका संगीतकारमा दरिएका हुन् ।

फागुन १३ मा हुनेछ फिल्म रिलीज
निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट २’ फागुन १३ गते रिलीज हुँदैछ । यो चलचित्रमा सौगात मल्ल, दयाहाङ् राई, कर्मा शाक्य, रिचा शर्मा, बिपिन कार्की, प्रवीण खतिवडा, सुनिल राज पाण्डे, प्रतिक राज न्यौपाने लगायतको अभिनय छ ।

लेखन समेत निश्चलको नै रहेको यस चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकनमा सुरेन्द्र पौडेलले चलचित्र सम्पादन गरेका छन् ।

हेर्नुहोस् गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu