‘दंगल’को ट्रेलरले रच्यो इतिहास



dangal-trailer

बलीउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’को ट्रेलरले इतिहास रचेको छ । यूट्यूबमा रिलीज भएको पहिलो २४ घण्टामा सबैभन्दा बढि हेरिएको ट्रेलर बनेको छ । यो समाचार तयार पार्दा सम्म डेढ करोड भन्दा बढि (१५,८४५,५३३) पटक हेरिएको छ ।

यो फिल्म बायोपिक हो जसमा हरियाणाका पहलवान महावीर सिंह फोगाट र उनका दुई छोरीको कहानी छ । फिल्ममा आमिर पहलवान महावीर बनेका छन् ।

यूट्यूबमा त ‘दंगल’का ट्रेलर ट्रेन्ड गरिरहेको छ, ट्विटरमा पनि यसले धूम मच्चाएको छ । सबै फिल्मका रेकर्ड ‘दंगल’ले तोडेको छ ।

दंगल ट्रेलरले हालै हिट भएका ‘एमएस धोनी’, अजय देवगणको ‘शि‍वाय’, सलमान खानको ‘सुल्तान’ र शाहरुख खानको फ्यानलाई पछाडी पारेको छ ।

छुटाउनु भएको भए हेर्नुस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu