‘दंगल’ ट्रेलर हेरेर सलमानले के भने यस्तो, जसले आमिरको चित्त दुख्यो !



aamir-and-salman-khan

केहि दिन पहिले आएको आमिर खानको फिल्म ‘दंगल’को ट्रेलरले सबैलाई अचम्मित पार्दै रेकर्ड तोड्यो । सबैलाई ट्रेलर मन पर्य‍ो ।

तर, आमिर खानका नजिकका साथी अभिनेता सलमान खानको कुराले आमिरलाई चित्त दुख्यो । मनालीमा ‘ट्यूबलाइट’को शूटिंगको समयमा फिल्मको ट्रेलर हेरिरहेका थिए सलमानले । त्यहि समयमा सलमानले भने कि यो त ‘सुल्ताल’सँग मिल्यो ।

यहि कारण आमिरको चित्त दुखेको बताईन्छ । सुल्तानमा जसरी नै आमिरले दंगलमा पनि हरियाणाको लवजमा कुरा गरिरहेका देखिन्छन् । कुस्ती अखडामा पनि उस्तै प्रकारका दृश्य छन् । सलमानले सुल्तानमा प्रयोग गरेको जस्तै स्कूटर दंगलमा पनि छ । यसकारण सलमानले त्यसो भनेको हुनसक्छ ।

यो कुरालाई लिएर आमिरसँग राखिएको प्रश्नमा आमिरले रिलीज भएपछि सबै कुरा दर्शकले नै भन्ने बताएका छन् । ‘दंगल’ २३ डिसेम्बरमा विश्वव्यापी रिलीज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu