पुनम इन्टरटेनमेन्टले बनाउने चलचित्रको लागि कथाको माग



punam-logo

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निकट भविष्यमा पुनम इन्टरटेनमेन्टद्वारा बन्ने चलचित्रको लागी कथाको आह्वान गरिएको छ । कथा जुनसुकै पक्षको हुनसक्ने पुनम इन्टरटेनमेन्टकी पुनम गौतमले बताएकी छिन् ।

‘यस्ता प्रतिभाहरु छन् जसले सम्बन्धित ठाउँसम्म आफुभित्रका श्रृजना पुर्‍याउन सकिरहेका छैनन् । हामीले बनाउने चलचित्रमा नयाँ क्षमतावान सर्जकलाई सगौरव स्थान दिन चाहन्छौँ’, गौतमले भनिन्, ‘संसारको जुनसुकै कुनाबाट पनि कथा पठाउन सकिनेछ’ ।

कथा पठाउँदा नितान्त आफ्नै श्रृजना हुनुपर्नेछ । कहिँ कतैबाट साभार गरिएको कथालाई मान्यता दिईने छैन । कथा पठाउँदा वानलाइन, कथा मात्रै अर्थात पुरै स्क्रिप्ट पनि पठाउन पाईनेछ । प्राप्त सबै कथालाई अध्ययन गरी उत्कृष्टबाट चलचित्रमा समावेश गरिने गौतमले बताईन् ।

‘यो आह्वान प्रतियोगिताको रुपमा भने हुँदै होइन, हाम्रो चाहना नदेखिएका सर्जकलाई अगाडी ल्याउनु हो’ पुनमले भनिन् । गौतमका अनुसार छानिएको कथालाई लेखकको मागको आधारमा आपसी समझदारीमा पारिश्रमिक तय गरिने छ ।

कथा पठाउन यो ईमेल ठेगाना [email protected] प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu