
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमवार राजधानीमा नेपाली फिल्म ‘दिल बिचारा’को मुहर्त गरिएको छ । यो फिल्म ट्रेन्डी फिल्मस् प्रालिको व्यानरमा बन्नेछ ।
निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको फिल्ममा तम्भोको लगानी रहनेछ । फिल्मका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्मले देखाउनेछ ।
यो फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन रहेको छ । फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व, शिव विकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ ।

