‘कारखाना’: मायाले बोलेको भिडियो गीत रिलीज



karkhana-video-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘कारखाना’को गीत रिलिज गरिएको छ । यसअघि ‘मायाले बोलेको’ बोलको यस गीतको लिरिकल भिडियो ल्याईएको थियो ।

लिरिकलमा हिट भएपछि अहिले भिडियो सार्वजनिक गरिएको छ । पौष २९ गते अल नेपाल रिलीज हुने यो चलचित्रको सार्वजनिक गीतमा सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी देखिएका छन् ।

निखिता थापा र सुगम पोखरेलको स्वरमा रहेको यो गीतमा शब्द र संगीत हर्कुलस बस्नेतको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । अमरद्विप सापकोटाको लेखन निर्देशन रहेको यो फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu