अमेरिकामा बन्दैछ ‘बुद्ध बर्न इन नेपाल’



श्यामसुन्दर गिरी, ठूलोपर्दा डटकम, काठमाण्डौ।
‘मुग्लिन पारी तरेर गण्डकी’ बोलको ‘माया नमार’ चलचित्रको यो गीतको सम्झना अझै छ । यो गीत र चलचित्रको नाम लिँदा नायक रमित ढुंगानाको नाम जोडीन्छ । नायक ढुंगाना उक्त चलचित्रबाट नचलेका पनि होईनन तर पनि दिर्घकालिन समय सम्म नेपाली चलचित्र उद्योगमा टिक्न भने सकेनन् । त्यो उनको कमजोरी हो या त अन्य केही समस्या तर नेपाली चलचित्रबाट बिलिन भए पनि कलाकारिता बाट बिमुख हुन पनि सकेनन् । फलस्वरुप केही समय अगाडि अमेरिकामा नै सागरिका फिल्म्स भनेर चलचित्र निर्माण कम्पनी स्थापना गरे ।

नायक रमित ढुंगाना अहिले यसै ब्यानरमा देशभक्ती र गौतम बुद्धबारे ‘बुद्ध बर्न इन नेपाल’मा ब्यस्त छन् । उनले यो चलचित्रको ७५ प्रतिशत सुटिङ अमेरिकामा गर्ने भएका छन् । यो अगाडि नै चलचित्रको २५ प्रतिशत सुटिङ लुम्बिनीमा भइसकेको छ । ढुंगानाले न्युयोर्क शहरका चर्चित ठाउँहरू ब्रुकलिन ब्रिज, न्युयोर्क स्टेट युनिभर्सिटी लगायत ठाउँमा चलचित्रको सुटिङ गर्ने तयारी गर्दैछन् । यसका लागि न्युयोर्क सिटी मेयर्स कार्यालयबाट स्वीकृति लिइसकेको सागरिका फिल्म्सका प्रबन्ध निर्देशक सुरज चुडालले बताए ।

नेपालबाट अमेरिका गएको एउटा युवालाई बुद्ध भारतमा जन्मेका थिए भन्दा कस्तो अनुभूति हुन्छ भन्ने बारे चलचित्रमा देखाउन खोजिएको चुडालले जानकारी दिए । चलचित्र अंग्रेजी र नेपाली दुवै भाषामा बन्ने छ । अमेरिकाका विभिन्न विश्वविद्यालयलाई यो चलचित्रको डिभिडी निशुल्क रुपमा प्रदान गरिने पनि जानकारी प्राप्त भएको छ । चुडालका अनुसार अहिले पनि अमेरिकाका कतिपय ९ र १० का किताबमा बुद्ध भारतमा जन्मेका थिए भनेर पढाइन्छ । ‘जसरी बेलायतका पाठ्यक्रमका किताबबाट बुद्ध भारतमा जन्मेका थिए भन्ने सच्चाइयो, त्यसैगरी अमेरिकाका पाठ्यक्रमबाट पनि त्यो हटाउने हाम्रो उद्देश्य हो,’ चुडालले स्पस्ट पारे ।

करीब अढाइ करोड रुपैयाँ लगानीमा बन्दै गरेको यो चलचित्रमा नायक रमित ढुंगानाकै कथा रहेको छ । भने चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दै छन् । उनले नीर शाह र रमित ढुंगानालाई मुख्य भूमिकामा प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu