‘तुईन’को गीत सार्वजनिक (भिडियो)



tuin-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘तुइन’को शिर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जाल युट्युव मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो ।

गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडाभाव अनि यथार्थता छ । यो गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई भोकलमा साथ कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको हो ।

युवा निर्देशक उत्सवप्रताप थपलियाको निर्देशनमा तयार ‘तुईन’ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको बताईन्छ । फिल्ममा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल, न्यन्सा लगायतको अभिनय छ ।

फिल्मको कथा मोहन गेलालको हो । फिल्मलाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu