म माओवादीको सदस्य नै थिइन: रेखा थापा (भिडियो)



rekha-thapa-rpp-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका रेखा थापा सोमवारदेखी औपचारिक रुपमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै थापाले आफ्नो पहिलो र अन्तिम पार्टी यहि नै रहेको बताएकी छिन् ।

उनले आफुलाई माओवादी रहेको भन्ने सम्झनेहरुलाई स्पष्ट पार्न चाहन्छु भन्दै यसअघि आफु कुनै पार्टीको सदस्य नरहेको बताईन् । उनले माओवादीबाट टीकट पाएको तर प्राविधिक कारणले उम्मेदवार हुन नपाएको बताईन् तर सदस्य नै नभएको पार्टीले कसरी टिकट दियो त्यो भने खुलाईनन् ।

आफु राष्ट्रवादी र हिन्दु महिला रहेको उनले दाबी गरिन् । रेखाले कतिपयले आफुलाई ढोगी रहेको भनेको बताउँदै आफु सँधै निस्वार्थ रहेको बताइन् । जनलहर उत्रिएको बेला देशको लागि राम्रो हुने देखेर त्यो समयमा आफुले माओवादीलाई समर्थन मात्र गरेको बताईन् ।

भिडियोमा हेर्नुहोस् रेखाको पुरा बक्तव्य:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu