ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालका मोडलहरुले यूकेको उडल्याण्ड ब्रान्डले तयार पारेको स्पोर्ट सुजको विज्ञापनमा मोडलिङ गरेका छन् । यो विज्ञापन नेपालको तर्फबाट जनकदिप पराजुलीले निर्देशन गरेका छन् ।
निर्देशक पराजुलीले नेपाली ब्रान्डले नपत्याए पनि विदेशी ब्रान्डले पत्याएको बताए । दुई महिना लगाएर तयारी गरेका जनकदिपले १ दिनमा २ प्रकारका विज्ञापन खिचेका हुन् । ‘सुरुमा यसको छायांकन भारतमा गर्ने र मोडल पनि भारतीय नै राख्ने प्रस्ताव विज्ञापन कम्पनीले गरेको थियो । तर, नेपाली मोडल र नेपालको लोकेशन हेरिसकेपछि कम्पनी नेपाली मोडल राखेर नेपालमै खिच्न सहमत भयो’ पराजुलीले बताए ।
लिन्टाज इन्डिया एजेन्सीले ग्याप इन्टरटेन्मेन्टलाई विज्ञापन तयार गर्ने जिम्मा दिएको थियो । मुडेको खरिढुंगामा २ शैलीका विज्ञापन खिचिएको हो । तयार भएका २ विज्ञापनमध्ये एकमा मोडल दीपक घिमिरेले काम गरेका छन् । यस्तै, अर्कोमा मोडलद्धय दीपिका प्रसाइ र भाष्कर बाँनियाले काम गरेका छन् ।
निर्देशक जनकदिपले यसले नेपाली मोडलहरुलाई पनि विदेशी ब्रान्डका विज्ञापनमा काम गर्ने अवसर खुलेको बताए । यो विज्ञापन भारत र विभिन्न अंग्रेजी च्यानलबाट प्रशारण हुनेछ ।