खगेन्द्रको अपोजिटमा ‘धनपति’मा सुरक्षाको प्रवेश



surakshya-panta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’का अभिनेता खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘धनपति’मा नायिका फाईनल भएकी छिन् ।

यो चलचित्रमा खगेन्द्रको अपोजिटमा ‘अझै पनि’ फेम नायिका सुरक्षा पन्त अनुबन्धित भएकी छिन् । टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्शनले संयूक्त रुपमा चलचित्र ‘धनपति’ बनाउँदै छन् ।

surakshya-panta-in-dhanapati

‘सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ?’ भन्ने मूल मुद्दामा यो चलचित्र घुम्नेछ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘धनपति’को कथा/पटकथा/संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् ।

रोजिना सिटौला निर्माता रहेको चलचित्र धनपतीमा सह-निर्माता रजना नापित र समीर देवकोटा छन् । साथै सहायक निर्माता ओम गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu