अवार्ड दिन्छु भन्दै कलाकार फकाउँदै नेफ्टा | अनमोलको नाममा ‘नेफ्टा अवार्ड’ प्रचार गरिँदै, जानेछैनन् अनमोल !



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका अवार्ड यति धेरै हुन थाले कि दर्शक र मिडियालाई नै यसबारेमा चासो हुन छोडेको छ । अवार्डको शुरुवातमा हलमा टनाटन दर्शक भएपनि अन्तिममा भने औँलामा गन्न सकिने मात्र भेटिन्छन् । यसको कारण हो प्रचार अनुसारको कार्यक्रम नभई अनावश्यक बढि हुनु र स्तरियता नहुनु । आयोजकले भव्य भयो भन्नु र मिडियाका क्यामेरा आउने तस्वीरले बताउनु नितान्त अलग दृश्य हुन आउँछन् ।

यतिबेला शुक्रबार दुबइमा आयोजना हुन लागेको ‘नवौँ नेफ्टा अवार्ड’को चर्चा गर्दैछौँ । यो अवार्डमा पनि माथी उल्लेखित अवस्था हुने निश्चित छ । प्रचारको समयमा यो अवार्डले नेपालका स्टार कलाकारको नाम समेटेको छ तर, ति कतिपय कलाकार जानेछैनन् ।

दुबई अवार्डमा सहभागी नै नहुने कलाकारको नाम समेत प्रचार गरिएको पाइएको छ । आयोजकलाई अवार्डमा सहभागी नहुने जानकारी गराएका नायक अनमोल केसीको नाम समेत पोस्टरमा राखेर बेचिएको छ ।

अनमोलका पिता नायक भुवन केसीले अवार्डमा अनमोल र आफु सहभागी नहुने बताएका छन् । उनले भनेका छन्, ‘दुबइमा भने हामी दुई आउँदैछौ भनेर टिकट वेचिएको रहेछ । म हाम्रा शुभचिन्तक र फ्यानहरुलाई अवार्डमा सहभागी नहुने जानकारी गराउँछु’ ।

अनमोलले आफ्नो आगामी चलचित्र ‘कृ’को लुक्स सार्वजनिक गर्न नमिल्ने भन्दै आफू सार्वजनिक कार्यक्रममा नजाने बताएका थिए । तर, आयोजकले भने अनमोल केसी आउँदैछन् भनेर प्रचार गरिरहेको छ ।

हेर्नुहोस् प्रचारात्मक पोस्टर:

nefta-award-pub

उक्त अवार्डमा अन्य नाम चलेका कलाकार पनि सहभागी नहुने वुझिएको छ । तर, उनीहरुको फोटो राखेर प्रचार गरिएको छ । दयाहाङ राई, सौगात मल्ल, नायिका रेखा थापा, प्रियंका कार्की लगायतका कलाकार पनि अवार्डमा सहभागी नहुने वुझिएको छ तर, उनीहरुको फोटो र नाम प्रचार सामाग्रीमा उल्लेख छ ।

अनमोललाई नेफ्टाले ‘पपुलर स्टार अफ द इयर’को अवार्ड दिने आश्वासन समेत दिएको बताईएको छ भने भूवनलाई पनि कुनै गरिमामय अवार्ड दिने बताएर जान आग्रह गरेको थियो । यसअघिका केहि विदेशमा भएका अवार्डले त्यहाँ पुगेकालाई अवार्ड दिएका थिए, केहिले भने नेपालमा नै डिल गरेका थिए र सहभागि गराएका थिए ।

bhuwan-kc-and-anmol-kc-nefta

के यहि नै हो त नेपाली चलचित्रको स्तर ? जो विदेश जान्छन्, जसको भिषा लाग्छ उसैले पाउने हो त अवार्ड ? अब यस्ता अवार्डहरुमा सहभागि हुने-नहुने दर्शक तथा चलचित्रकर्मीले आँफैले विचार गर्नुहोस् । यो उद्योग तपाईँको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu