दिपेन्द्रको अवार्ड दीपकको हातमा कसरी ? यसरी भयो नेफ्टालाई व्यंग्य (भिडियो)



deepak-and-dipendra

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नवौँ नेफ्टा अवार्डको लागि दुबई पुगेका सय बढि नेपाली चलचित्रकर्मीहरु नेपाल फर्केका छन् । अवार्ड नहुँदै विवादमा तानिएको नेफ्टाले दिएका अवार्डले कुरी-कुरी गरिरहँदा यतिबेला निर्देशक दिपेन्द्र खनाललाई मिडियाले खोजिरहेका छन् ।

दिपेन्द्र खोजिनुको कारण हो, उनले गरेको अवार्ड बहिस्कार । उनलाई ‘पशुपति प्रसाद’बाट उत्कृष्ट चलचित्रको लागि स्टेज बोलाईएको थियो । हलको अघिल्लो पंक्तिमा नै बसेका उनि उठेनन् । उनि नउठेपछि उनका साथी कलाकार दीपकराज गिरी अवार्ड लिन स्टेज चढे ।

दिपेन्द्र तुरुन्तै निर्णय लिएर अवार्ड बहिस्कार गरेका थिए । नेपाल फर्केपछि दिपेन्द्रले ठुलोपर्दा डटकमसँग भने, ‘चलचित्र उत्कृष्ट हुनलाई आधारभुत कुराहरु हुनुपर्छ । कथा, संपादक, पटकथा, संवाद, निर्देशक अर्कै उत्कृष्ट भएपछि चलचित्र मात्र उत्कृष्ट हुनै सक्दैन । त्यसकारण मैले बहिस्कार गरेको हुँ’ ।

त्यसो भए दीपकराज गिरीले किन लिए त पशुपति प्रसादको अवार्ड ? खनाल भन्छन्, ‘उहाँले लिन जाउँ ? भनेर सोध्नुभयो, मैले हुन्छ भनेँ । पछि मैले किन लिनुभो भनेर सोध्दा ‘व्यंग्यको रुपमा समर्थन गरेको’ भन्नु भयो’ ।

‘त्यहाँ मैले उत्कृष्ट चलचित्रको अवार्ड लिनु मेरो लागि लाजमर्दो कुरा थियो । दिनेलाई लाज नभएपनि मैले लिँदा लाज हुने भयो, त्यसलै लिईन’ खनालले बताए ।

यो भिडियोमा हेर्नुहोस्, अवार्ड हुँदा-हुँदै दीपक र दिपेन्द्रले के भने:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu