माघ २१ मा अमेरिका रहेका मुकेश ढकालको परिणाम देखिने



mukesh-dhakall-parinam

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘परिणाम’ माघ २१ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको व्यानरमा निर्मित चलचित्रले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

चलचित्र निर्माता तथा निर्देशक हरि पराजुलीले फिल्ममा नारीले हिंसा सहनुहुँदैन र प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिने बताएका छन् । फिल्मका कार्यकारी निर्माता पदम निरौलाले फिल्मको कथाले महिलालाई प्राथमिकता दिने भएकाले पनि दर्शकले मनपराउने दाबी गरे ।

चलचित्रमा मुकेश ढकाल, सारिका घिमिरे, किसन सुनार, झरना रिसाल, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, सञ्जय न्यौपानेको लगायतको अभिनय छ । नायक ढकाल केहि समययता अमेरिका बस्दै आएका छन् । यो चलचित्रको प्रचारप्रसारको लागि उनि नेपाल आउने बताईएको छ ।

नारायण घिमिरेको लेखन रहेको फिल्ममा माधव शर्माको पटकथा, संवाद, एनबी महर्जन र कुमार महर्जनको द्वन्द्व, कृष्ण बस्नेतको गीत र संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोखरेल र नितिश शर्माको गायन, तारा थापा ‘किम्भे’को सम्पादन, श्याम कुँवरको रंग संयोजन, प्रकाश महरा र प्रकाश हमालको प्रोडक्सन र शिव ढकालको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu