शुरु भयो नम्रता र कोशिसको पर्व



parva-starting

ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिनेश राउतले निर्देशन गर्ने नेपाली चलचित्र ‘पर्व’को छायांकन शुक्रवारबाट राजधानीमा सुरु गरिएको छ । ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर चलचित्रको आईटम गीत छायांकन गर्दै चलचित्र सुरु गरिएको हो ।

उक्त सेटमा दुई दिनसम्म ‘काले काले’ बोलको गीत छायांकन हुनेछ । गीतमा माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गरिरहेका छन् । यो चलचित्र सस्पेन्स थ्रीलर कथामा बन्ने बताईएको छ ।

टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्रको निर्माण भईरहेको छ । चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठ तथा गायक कोशिश क्षेत्री छन् । साथै, माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतको अभिनय रहनेछ ।

चलचित्रका निर्माता सुवास गिरी र निकिता पौडेल हुन् । ‘पर्व’मा कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन तथा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । यो चलचित्र चैत्र २५ गते रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu