इफोन धरानमा नेपालका १९ चलचित्र



butte-jama

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी २७ पुषबाट माघ २ सम्म धरानमा हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) मा विभिन्न १६ देशका ४८ ओटा चलचित्र चयन भएका छन् ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको यो फेस्टिबलमा नेपालबाट अन्तराष्ट्रिय र नेपाल पानोरमामा गरी चलचित्र, बृत्तचित्र र लघु चलचित्र गरी १९ ओटा सिनेमा चयन भएको महोत्सब सँयोजक केपी पाठकले जानकारी गराए । जस अन्तर्गत अन्तराष्ट्रिय कम्पिटिसन अन्तर्गत फिल्सन फिल्म फुल लेन्थमा नेपालबाट मिन भाम निर्देशित कालो पोथी र मनोज पण्डित निर्देशित छायाँ परेको छ ।

यस्तै डक्युमेन्ट्रि तर्फ इन्टरेनशलन कम्पिटिसनमा नेपालबाट दुई ओटा बृत्तचित्र परेका छन् । अन्तराष्ट्रिय महोत्सब दर्जन भन्दा बढी अवार्ड जितेको गणेश पाण्डे निर्देशित बृत्तचित्र भाग्यले बाँचेकाहरु र दर्जन अन्तराष्ट्रिय अवार्ड जितेको भोजराज भाट निर्देशित बृत्तचित्र सुनाकली चयन भएको पनि संयोजक पाठकले जनाए ।

नेपाल पानोरमा तर्फ चलचित्र विधामा हिमग्यापी तासी निर्देशित नवल खड्काको चलचित्र भिमदत्त, अरुण प्रधान निर्देशित पहिलो याख्खा भाषाको चलचित्र ओम्ला, दिनेश पाल्पाली निर्देशित चलचित्र बालकृष्ण सम चयन भएको छ ।

नेपाल पानोरमा अन्तर्गत बृत्तचित्रको प्रतिस्पर्धामा सचिन घिमिरे र गौरब केसी निर्देशित मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित बृत्तचित्र म आलाप हुन चाहन्छु चयन भएको छ । यो बृत्तचित्र महोत्सबको उद्घाटन समारोहमा प्रदर्शन गरिने भएको छ । यस्तै रामबहादुर रसाईली निर्देशित अपाङको पीडा, दिनेश खड्गी शाही निर्देशित लाईफ डजन्ट रिवाईन्ट बृत्तचित्र पनि यो प्रतिस्पर्धामा रहेको छ । अखण्ड भण्डारी निर्देशित चेपाङ समुदायको जीवनीमा आधारित बृत्तचित्र द केभ स्माईल अप्रतिस्पर्धी विधामा परेको छ ।

नेपाल पानोरमाकै लघू चलचित्रको प्रतिस्पर्धामा सुसन प्रजापति निर्देशित लाज, कला सँग्रौला निर्देशित बुट्टेजामा, प्रशन्न माली निर्देशित तिर्खा, भिम विश्वकर्मा निर्देशित सुन्य, राकेश महर्जन निर्देशित कल्ली, सुवास गजुरेल निर्देशित हरेरामकी आमा, सेनामा ग्याङजो तामाङ निर्देशित झा लो, प्रेम राउत र सागर बिक्रम कडरी निर्देशित डोम समाज यो फेस्टिबलमा चयन भएको छ ।

महोत्सबको उद्घाटन आगामी २७ पुष बिहान १० बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेक्षालयमा हुनेछ । सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको सो प्रेक्षालयमा पाँच दिनसम्म विहान १० बजेबाट बेलुका ७ बजेसम्म हरेक दिन महोत्सबका चलचित्र प्रदर्शन गरिने पनि संयोजक पाठकले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu