‘निर्भय’ रिलिज घोषणा, निखिलसँग रेखा र दयाहाङ सँगै आउँदै



nirbhaya-release-date

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ को रिलिज मिति तय भएको छ । यसै बर्षको चैत्र ११ को लागि निर्भय रिलिज लक भएको छ ।

‘निर्भय’को रिलिज मिति तय गर्दे पोस्टर सार्वजनिक गरिएको छ । दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’मा अभिनयमा छन् ।

हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ‘निर्भय’मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले वितरणको जिम्मा लिएको छ । ‘निर्भय’ को कथा यम थापाको हो ।

सोहि मितिमा निखिल र अभिनेत्री रेखा थापाबीच टक्कर देखिने भएको छ । उक्त मितिमा रेखा भिलेन अबतारमा रहेको फिल्म ‘डायरी’ पनि प्रदर्शनमा आउने घोषणा यसअघि नै भईसकेको छ, भने सोहि मितिलाई दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन’ पनि रिलिजको लागी तयार छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu