बेलायतमा ‘सातौँ कलिउड सिनेमा अवार्ड’ हुँदै



kollywood-cinema-award-uk

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मनोज केसीले सञ्चालन गर्दै आएको संज्ञीक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिले अब लण्डनमा फिल्म अवार्ड आयोजना गर्ने भएका छन् । यसअगाडि, चलचित्र प्राविधिक संघको नेतृत्वमा रहेर मनोजले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरेका थिए । भने यसैबर्ष संज्ञीक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिबाट ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ दुबइमा आयोजना गरेका थिए ।

लण्डनमा ‘सातौँ कलिउड सिनेमा अवार्ड’ आयोजना हुनेछ । शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको बारेमा जानकारी गराईएको छ । संगिक्षा फिल्मस्को आयोजना र लण्डनको थर्ड आइको सहकार्यमा यो अवार्ड आयोजना हुन लागेको हो ।

कार्यक्रममा बोल्दै केसीले नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफू आएपछि ‘कलिउड सिनेमा अवार्ड’को श्रृंखलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए ।

उनले यसलाई नेफ्टासँगको फुटको रुपमा नवुझ्न पनि सबैसँग आग्रह गरे । यस्तै, लण्डनको ‘थर्ड आइ’का सदस्यमध्येका एक अजय राइले अवार्डलाई भव्य बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए । उनले, अवार्ड स्क्यान्डल मुक्त होस् भन्ने कामना पनि गरे । नेपाल आयोजकसँग उनले आग्रह गरे-‘यो अवार्ड भैसकेपछि लण्डनमा नेपाली चलचित्रको वृद्धि र विकास अझ होस् भन्ने हामी चाहन्छौ । कुनै, जाती, धर्म र राजनीतिलाई बोकेर लण्डन नआउन म आयोजक र चलचित्रकर्मीलाई आग्रह गर्दछु ।’

लण्डनबाट आएका संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले भने- ‘बरु अवार्डका लागि समय लिनुहोस् । तर, नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गर्दा राम्रो हुन्छ ।’

करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको मनोजले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu