छानविनको माग गर्दै प्रहरीमा पुग्यो ‘छक्का पञ्जा’ टीम (भिडियो)



deepak-deepa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘छक्का पञ्जा’ निर्माण टीमले पाईरेसीसँग जोडीएका कृष्ण सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीमा निवेदन दिएको छ ।

निर्माता तथा कलाकार दिपकराज गिरी, निर्माता निर्मल शर्मा, सुमन गिरी रर निर्देशक दिपाश्री निरौलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गरेका छन् । आत्महत्या स्थल सिनामंगल गौशाला प्रहरीको क्षेत्रमा रहेकोले उजुरी दर्ता पनि गौशाला प्रहरीमा नै गरिएको छ ।

‘सुसाइड नोट’ मा आत्महत्या नभइ हत्या लेखिएको अवस्थामा त्यसको दोष आफुहरुमाथी लगाईएकोले सामाजिक सञ्जालमा आइरहेका क्रिया प्रतिक्रियामाथी छानबिन होस् भन्दै आफुहरु प्रहरी समक्ष आएको दीपकले बताए ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu