तनहुँमा मालाले पुरिए हमाल (फोटो फिचर)



Rajesh hamal at tanahun

ठूलोपर्दा डटकम, तनहूँ। राधा माध्यामिक विधालय जामुने, तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका अभिनेता राजेश हमाललाइ स्थानियले भव्य स्वागत गरेका छन् । हमाल आउने थाहा पाएर विहानदेखि उनलाइ पर्खेका स्थानियले उनि देखिँदा साथ माला र अबिरले स्वागत गरेका थिए ।

Rajesh hamal tanahun 2

हमाल आउने भनेपछि टाढाटाढादेखि कार्यक्रम स्थल आएका तनहुँबासी लाइन नै लगायर उनलाइ नजिकबाट देख्न अनि माला पहिर्याउन तम्तयार थिए । जब जामुनेमा हमाल पुगे तब उनको नाममा हुटिङ चल्यो, ताली बज्यो । हमालको गलामा माला पुग्दा अनुहार नै छोपिएको थियो ।

Rajesh hamal tanahun 3

घाँसी नेपालले बनाएको राधा माविको नव निर्मिति चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा हमाललाइ विशिष्ट अतिथी बनाएर लगिएको हो । हमालले उक्त कार्यक्रमको उद्घाटन गर्दै नव निर्मित भवन पनि हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा हमालले मन्तव्य दिने अनि उनले फिल्मको संवाद बोल्ने समय पर्खेर बसेका स्थानियले उनले माइक्रोफोन समाउँदादेखि नै हुटिङ सुरु गरेका थिए ।

घाँसी नेपालले हमाललाइ यसअघि नै मानार्थ सदस्यता प्रदान गरिसकेको छ । हमाल घाँसी नेपालका अभियान्ता पनि हुन ।

यो सम्बन्धी भिडियो सामग्री ठुलोपर्दा टिभीमा छिट्टै आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu