मलेशियामा चल्दै ‘लालजोडी’



lal

ठुलोपर्दा डटकम।
नेपाली कमेडी फिल्म लालजोडी चाइनीज नयाँ बर्षको अवसरमा मलेसियाका विभिन्न हलमा देखाईने भएको छ । निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीका अनुसार मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार ब्याबसाय गर्दै आइरहेकी मनु थापाले यो फिल्म मलेसियामा देखाउने छिन् ।

मेलेसियाको क्वालालाम्पुरस्थिति फेडरल थिएटर चो किट र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुँदैछ । यो चलचित्र भदौ तेश्रो साता नेपालमा प्रदर्शन भएको थियो ।

लालजोडीमा बुद्धि तामाङ ‘हैट’, रजनी केसी, आयुष्मा कार्की, गोबिन्द कोइराला (जयन्ते), ज्योति काफ्ले (नक्कली डा बाबुराम भट्टराई), किशोर भण्डारी (डिठ्ठा साब), मधुसुदन पाठक (सीता बा–ए हो, ठिकै छ) रेश्मा तिमिल्सिना (बुनु मैचा), सुमन ज्योति (ल्याङ्ग्री दादा), पुरन थापा, ज्याक श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu