यम बुद्ध बाकसमा आउँदा काठमाण्डौमा रुवाबासी (भिडियो)



yama-buddha-shab

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निधन भएको १७ दिनपछि नेपालका चर्चित र्‍यापर यम बुद्ध उर्फ अनिल अधिकारीको शव नेपाल ल्याएर दाहसँस्कार गरिएको छ ।

बेलायतमा निधन भएका अधिकारीको शव शनीवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

छोरालाई बाकसमा बन्द अवस्थामा देख्दा उनका पिता सम्हालिन सकेनन् । उनका सयौँ फ्यानहरु एयरपोर्टबाट नै रुन शुरु गरेका थिए । अन्तिम श्रद्धाञ्जलीको लागि नेपाल प्रज्ञा प्रतिस्ठानमा राख्दा आफन्त र फ्यानको रुवाबासी चलेको थियो ।

यम बुद्ध युवाबीच लोकप्रिय र्‍यापर थिए । उनको शवमा अन्तिम श्रद्धाञ्जलि दिन शनिबार साँझ प्रज्ञा प्रतिष्ठानमा भेला हुने उमेर समूहमा पनि युवा नै बढि थिए ।

यमले बाथरुममा पेटीले पासो लागेर आत्महत्या गरेका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu