निखिलको धमाकेदार एक्शन रहने ‘पिँजडा ब्याक अगेन’ घोषणा



pinjada-back-again-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक निखिल उप्रेतीको धमाकेदार एक्शन रहने नेपाली फिल्म ‘पिँजडा ब्याक अगेन’ बन्ने भएको छ । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र दशैंमा रिलिज गर्ने समेत घोषणा गरियो ।

एक्शन स्टारको छवि बनाएका निखिल उप्रेतीले ‘पिँजडा’ नामक चलचित्रबाट करिव १२ बर्ष अघि नेपाली चलचित्रमा प्रवेश गरेका थिए । सोही नामबाट ‘पिँजडा ब्याक अगेन’ बनाउन लागिएपनि यो चलचित्र नयाँ कथामा हुने बताईएको छ ।

यो चलचित्र एक्शन निर्देशक हिमाल केसीको निर्देशनमा बन्नेछ । ‘पिँजडा ब्याक अगेन’ पनि पुर्णत: एक्शन प्रधान हुने निर्देशक केसीले बताए । ‘फिल्ममा पारिवारिक प्रेम जोडिनेछ, दर्शकलाइ परिवारसँगै बसेर हेर्न मिल्ने फिल्म बनाउनु नै हाम्रो उद्देश्य हो’ केसीले बताए ।

यो चलचित्रमा निखिलसँगै सारा सिर्पाली प्रमूख अभिनयमा रहेका छन् । निखिल उप्रेतीकै प्रोडक्सनमा बनेको पछिल्लो फिल्म ‘रुद्र’बाट साराले रजतपटमा डेब्यू गरेकी थिइन् । यस्तै यो फिल्ममा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ, ज्याक श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहनेछ । सौरभ लामाले खिच्ने फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र अधिकारी निर्मातामा छन् । कार्यकारी निर्माता भने सुशान्त श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu