करिष्माको प्रेम सम्बन्ध स्वास्थ्य संस्थाका सिइओसँग ?



karishma-kapoorठुलोपर्दा डटकम, काठमाण्डौ। बलिउडकी नायिका करिष्मा कपुर र उनका श्रीमान संजय कपुरको सम्वन्धविच्छेदको विषयमा त जो कोही चलचित्रप्रेमीहरुलाई थाहा छ । त्यसपछि संजयको प्रिया सचदेवसंग सम्बन्ध गासिएको भन्ने कुरा पनि बलिउडमा नचलेको होइन् । तर आफ्नो बाँकी जिन्दगी करिअर र सन्तानका लागी केन्द्रित गर्छु बताउदै आएकी करिष्माको अर्को सम्बन्धको हल्लाहले अहिले बलिउड झस्केको छ ।

भारतीय अनलाईन मसला डटकमको समाचार अनुसार करिष्माको सम्बन्ध अहिले मुम्बईमा रहेको एक स्वास्थ्य संस्थाका सिइओ, ३५ वर्षिया, सन्दिप तोस्निावालसंग निकै नजिक रहेको हल्ला बलिउडमा चलेको छ । उनीहरुको मिलन एउटा पार्टीमा भएको बताइएको छ ।

तिनीहरुवीच मित्रता मात्र छ या गहिरो सम्बन्ध छ भन्ने विषयमा स्पष्ट भइनसकेपनि प्रेम सम्बन्ध रहेको चर्चा भने अहिले बलिउडमा चलेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu