ठुलोपर्दा डटकम, काठमाण्डौ।
फिल्म ‘घामपानी’ले आफ्नो ‘फस्ट लुक्स’का रुपमा ‘पन्छी’ बोलको गीतलाई सार्वजनिक गरेको छ । कालीप्रसाद बास्कोटाको स्वर, शब्द तथा संगीत रहेको गीत रिलिज भएको हो । गीतलाई अभिनेत्री केकी अधिकारीले कोरियोग्राफ गरेकी हुन् ।
अभिनेता दयाहाङ राईले केकी अधिकारीलाई गाउँबाट भगाएर हिाडेको कथा भिडियोमा हेर्न पाइन्छ । भिडियोमा सिन्धुली जिल्लाका रमणीय दृश्य समेटिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा अन्तरजातीय प्रेमकथा उठाइएको छ । निर्देशक लामाका अनुसार फिल्मको सम्पादन कार्य अन्तिम अवस्थामा पुगेको छ ।
ओम गुरुङ, शैलेन्द्र डि कार्की र विश्व गौचनले निर्माण गरेको फिल्म आगामी वैशाख १ गते रिलिज हुनेछ । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
दया र केकीबाहेक अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल लगायतले फिल्ममा अभिनय गरेका छन् ।
भिडियो: