हसनकी ‘बाबरी’ बनिन् नीशा, हेर्नुहोस् ‘रोमियो’को रोमान्टिक गीत (भिडियो)



babari-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख २९ गते रिलीज हुने नेपाली चलचित्र ‘रोमियो’को नयाँ भिडियो गीत सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतमा नायिका नीशा अधिकारीलाई नायक हसन राजा खानकी बाबरी बनेको देख्न सकिन्छ ।

गीतमा सन्तोष लामा र मेलिना राइको स्वर छ भने मुकेश राइको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । एचआरके प्रोडक्न र एएसको प्रस्तुतीमा तयार भएको फिल्ममा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘रोमियो’मा अष्ट महर्जनको एक्सन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी छ । चलचित्रका निर्देशक शंकर कार्की हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu