निखिल-नीतालाई दुनियाको लागेन भर (भिडियो)



nirbhaya-song-new

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘निर्भय’को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । यो चलचित्र चैत्र ११ गते रिलीज हुँदैछ ।

इन्टरनेटमा सार्वजनिक गीतमा लिड अभिनेता निखिल उप्रेती र नीता ढुङ्गाना फिचरिङमा छन् ।
‘दुनियाँको भर के’ बोलको गीतमा स्वर शिव परियार र स्वेच्छा ठकुरीको छ । गीतमा शब्द-संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । ‘निर्भय’मा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत लिड अभिनयमा छन् । रामशरण उप्रेतीले फिल्म खिचेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu