स्वेताले शुरु गरिन् ‘स्वेता श्री’ फाउन्डेशन, यस्तो हुनेछ काम (भिडियो)



Shweta-khadka's-foundation

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका स्वेता खड्का अध्यक्ष रहने गरी ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेशनको औपचारिक शुरुवात भएको हो ।

स्व. नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको छ । पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, संगीतकार शम्भुजित बास्कोटाले एकसाथ ‘स्वेता श्री’ फाउन्डेशनको उद्घाटन गरेका थिए ।

फाउन्डेशनले निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने बताईएको छ । ‘दादाको चाहना पनि समाजसेवा थियो । यसैले, मैले यसलाई अगाडि बढाएकी हुँ’ स्वेताले कार्यक्रममा भनिन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu