निखिलको भिलियन रुप यो दिनमा देखिनेछ



rudra-release-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘दि निखिल उप्रेती प्रोडक्शन’द्वारा निर्माण भएको नेपाली चलचित्र ‘रुद्र’को अफिसियल रिलिज तोकिएको छ । अभिनेता उप्रेतीले यो चलचित्र अर्को बर्षको साउन २० मा रिलिज हुने बताएका छन् ।

यो चलचित्रमा निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् भने उदयिमान प्रतिभाको रुपमा लिईएका विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गर्दैछन् ।

रामजी लामीछाने निर्देशित रुद्रमा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् । सौरभ लामाले ‘रुद्र’को क्यामेरा चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu