ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ ।
यो चलचित्र आउँदो बर्षको जेठ १२ गतेबाट रिलीज हुनेछ । लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्रमा नव–नायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखिनेछ ।
अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।
हिटलरमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ ।
कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले भने–‘हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र हो । प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको छ । दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि चलचित्रमा पाउनुहुनेछ ।’
यस्तै, नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्–‘यो चलचित्रमा म राणा खानदानीकी छोरीको भूमिकामा छु । चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु मनपरेपछि ‘हिटलर’मा काम गरेँ ।’
चलचित्रमा नायक सोहित मानन्धर नेवार खानदानको यूवाको रुपमा देखिएकी छिन् । चलचित्रमा समावेश ‘मःम चाउमिन’ बोलको गीत अहिले हिट भैरहेको छ । कार्यक्रममा प्रमुख अतिथी मानन्धर र विशेष अतिथी सापकोटाले चलचित्रलाई शुभकामना दिएका थिए ।