दुई साता लामो टोखा महोत्सव हुँदै



ठुलोपर्दा डटकम, काठमाण्डौ। नयाँ वर्ष २०७४ को पूर्व सन्ध्या पारेर काठमाडौं जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको टोखामा ‘टोखा सांस्कृतिक पर्यटन तथा उद्योग व्यापार महोसत्व–२०७३-७४’ आयोजना गरिने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री भगवती क्लब टोखाले चैत २७ गतेदेखि वैशाख १० गतेसम्म दुई साता लामो महोत्सव आयोजना गर्ने जनाएको हो ।

हरेक वर्ष नयाँ वर्षको शुभारम्भसंगै टोखामा वैश १ गते सपनातीर्थ मेला तथा वैशँख २ देखि ४ गतेसम्म ऐतिहासिक बिस्केट जात्रा सञ्चालन भइरहेकोमा यसपटक ती जात्रासहितको महोत्सव आयोजना गर्न लागिएको हो ।

जात्रासहितको महोत्सवमा काठमाडौंका अधिकांश व्यक्तिले सहभागिता जनाउने जानकारी दिँदै आयोजक संस्थाका प्रतिनिधिले महोत्सव आयोजनाका लागि नेपाल मेला महोत्सव संघलाई व्यवस्थापनको जिम्मा दिइएको जानकारी गराए ।

महोत्सवलाई भव्य तथा सभ्य रुप्मा सम्पन्न गर्न तथा आन्तरिक र वाह्य पर्यटनलाई मध्यनगर गर्दै इन्द्रायणी वन उपभोक्ता समुह तथा नगरपालिकाबाट अनुमति लिइ जिल्ला प्रशासन कार्यालयबाट सिफारिस सहित यो महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महोत्सवका लागि सामाखुशीदेखि स्थानिय भूतखेल चौरसम्म चार वटा स्वागतद्वार निर्माण गरिनेछ । महोत्सवमा स्थानिय उत्पादन तथा उपभोक्तालाई दृष्टिगत गरी उद्योग व्यापार प्रवद्र्धन, प्रदर्शन तथा विक्रिका झन्डै एक सय २५ वटा स्टलहरु रहने जानकारी गराइएको छ । महोत्सवका क्रममा स्थानिय स्तरका कलाकारहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गरि उत्कृष्टलाई पुरस्कृत गरिनेछ ।

कार्यक्रममा हेमन्त शर्मा, युवराज चौलागाईं, नविन के भट्टराई, श्रेया सोताङ, रोयल ब्याण्ड, मिङ्मा शेर्पा सहितका गायक–गायिकाहरुसहित हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठी, इकु सुलेमान शंकर, हास्य श्रृंखला ‘हाक्का हाक्की’ कलाकार राम थापा, सुजित थापा, शिव शर्मा तथा कविता शर्मासहित कलाकारले रमाइलो प्रस्तुती दिनेछन् ।

चैत २९ गते मंगलबार दिउँसो १ बजे झाँकी प्रदर्शन गर्दै उद्घाटन गरिने महोत्सवको क्रममा स्थानिय संस्कृति झल्कने किसिमिका झाँकीहरु महोत्सव अवधिभर प्रदर्शन गरिनेछ । राइज म्युजिक प्रालि मेला संयोजकको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu